कोरियाबाट आएका नेपालीको विमानस्थलबाटै हराएको भनिएको सामान साथीले लगेको पुष्टि

काठमाडौं । दक्षिण कोरियाबाट नेपाल फर्केका युवकको त्रिभुवन विमानस्थलबाट हराएको भनिएको सामान अर्कैले लगेको पुष्टि भएको छ ।

असार १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका स्याङ्जाका छबिलाल भण्डारीले फेसबुकमार्फत आफ्नो सामान जापानबाट आएका एक साथीसँग पुगेको खबर पाएको भन्दै स्टाटस लेखेका छन् । उनले फेसबुकमार्फत नै आफ्नो सामान हराएको बताएका थिए भने अहिले आफ्नो सामान विमाानस्थल नभएर अन्तै जापानबाट फर्केका साथीसँग पुगेको बताएका छन् ।

ती युवकले आफनो सामान विमानस्थलबाटै हराएको र सीसीटिभीबाट समेत हेर्न नदिइएको आरोप समेत लगाएका थिए । उनले यस्तो आरोप लगाएपछि विमानस्थलका प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनालले भन्सारबाट सामान नहराउने बताएका थिए । उनले अरु नै साथीले सामान लगेको हुन सक्ने वा छुटेको हुन सक्ने नेपालप्रेसलाई बताएका थिए । सामान हराएको कुरा फेसबुकबाट थाहा पाएको बताए ।