ललिता निवासको जग्गा तारबार गर्न बालुवाटार पुग्यो नगर प्रहरीको टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्न आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।

अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।