विश्वकप छनोटका लागि राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा

काठमाडौं । फिफा विश्वकप छ्नोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

नेपाली टिमको बन्द प्रशिक्षण अगस्ट १ देखि सुरु हुनेछ ।

नेपाली टिम

गोलकिपर स् किरण चेम्जोङ, अनिस देउला, दीप कार्की, अभिषेक बराल

रक्षक स् विमल पान्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

मिडफिल्डर स् एरिक बिस्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सभ राई, विशाल तामाङ, विवेक पौडेल, कृतिस रत्न छुन्जु

फरवार्ड स् आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन बिस्ट, मनिश डाङ्गी, आशिष चौधरी, विमलघर्ती मगर, जिलेस्पी जंग कार्की, दीनेश हेन्जन ।