सुन्दै आश्चर्य लाग्ने गोलभेंडाको बीउको मूल्य, एक किलोको साढे ४ करोड रुपैयाँ

प्राय गोलभेंडा सस्तो नै हुन्छ तर गोलभेंडा सधैं सस्तो नै हुन्छ चाहिँ भन्न मिल्दैन दुनियाँमा एउटा यस्तो गोलभेंडा छ जसको बियाँ करोडौंमा बिक्दछ ।

बीउ बिजन उत्पादन गर्ने अमेरिकी कम्पनी हेजेरा जेनेटिक्सले यस्तो खाले गोलभेंडाको बीउ विकास गरेको छ जुन सुनभन्दा पनि महँगो छ ।

कम्पनीको विशेष खाले समर सन गोलभेंडाको बीउको माग युरोपेली बजारमा आश्चर्यजनक रुपमा उच्च छ । यो बहुमूल्य गोलभेंडाको बीउको बियाँ प्रतिकिलो साढे ४ करोड रुपैयाँ भन्दा पनि धेरैमा बिक्री हुन्छ । यति मूल्यमा त ४ किलोभन्दा धेरै सुन खरिद गर्न सकिन्छ ।

यो गोलभेंडा महँगो हुनुमा पनि खास कारण छ । वास्तवमा यो गोलभेंडाका हरेक बीउबाट उम्रिने बिरुवाले २० किलोसम्म गोलभेंडा उत्पादन गर्न सक्दछ । यो गोलभेंडाको पहिचान भन्नु नै यसका दानाहरुमा बीउ हुँदैन । अर्थात् किसानहरुले किसानहरुले हरेक पटक बाली लगाउँदा यसको बीउ खरिद गर्नुपर्दछ । त्यसैले बीउ भएको गोलभेंडाको दाना निकै दुर्लभ मेत हुने भएकाले यो बहुमूल्य भएको हो ।

अत्यन्तै उच्च मूल्यका बाबजुत पनि यो गोलभेंडा खानका लागि असाधारण स्वादयुक्त छ । हाजेरा कम्पनी सर्वोत्तम गोलभेंडाको बीउ उत्पादनका लागि समर्पित छ । यसका लागि उसले अनुसन्धान, उत्पादन, प्रोसेसिंग, गुण नियन्त्रणका साथै गुणस्तरमा आफ्नो दक्षता र प्रभावकारितालाई प्रथमिकता दिन्छ ।