विश्वकप छनोट आज नेपाल र आयरल्यान्ड भिड्दै

काठमाडौँ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत सातौँ स्थानका लागि आज नेपाल र आयरल्याण्ड  भिड्दैछन् । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा खेल दिउँसो १२ः४५ बजे शुरु हुनेछ ।

दुवै टोली विश्वकपका लागि सुपर सिक्समा पुग्न नसकेपछि सातौँ स्थानका लागि नेपाल र आयरल्याण्ड भिड्न लागेका हुन् । दुवै टोली पहिलो पटक भिडन्त गर्दैछन् ।

नेपालले सातौँ स्थानको लागि भएको सेमिफाइनल खेलमा आइतबार यूएईलाई ३ विकेटले हराएको थियो । आयरल्याण्डले अमेरिकालाई हराएको थियो ।