समाजवादी कृषि मन्त्री बेदुरामले गैरकानूनी नियुक्ति वदर गर्न कृषि बैज्ञानिकहरुले आन्दोलन गर्ने

काठमाडौं । समाजवादी कृषि मन्त्री बेदुराम भुषालले असमाजवादी नीति लिएर अगाडिब बढ्दा अहिले कृषि क्षेत्र नै धरापमा पर्न खोजेको गुनासो कृषि विज्ञहरुले गर्न थालेका छन् । कृषि मन्त्री भुसालले आफू निकट कनिष्ठ व्यक्तिलाई कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशक पदमा पुर्‍याएर कृषि अनुसन्धानलाई राजनीतिक रुपमा धुमिल बनाउने प्रयास गरिरहेका छन् । उनलको यो कार्यशैलीलाई नार्कका बैज्ञानिकहरुले विरोध सहित ज्ञापनमात्र होइन आन्दोलन नै गर्ने चेतावनी समेत दिएका छन् ।

गत वैशाख २५ गते ३२ औं स्थापना दिवस मनाईरँदा नार्कलाई कृषि अनुसन्धानको महत्वपूर्ण संस्था बनाउने बाचा दिएका भुसालले जेठ तेश्रोे साता कार्यकारी निर्देशक दीपक भण्डारीको अवकाश भए लगतै राजनीतिक खेल मैदान बनाउन पुगे कृषि अनुसन्धान परिषद्लाई । भुषालले परिषदको कार्यकारी निर्देशकमा ४० नम्वरको वरियतामा रहेका डा ध्रुवराज भट्टराईलाई कायम मुकायम बनाएपछि चर्को विरोध देखिएको हो ।

नार्कका बैज्ञानिकहरुले मन्त्रीले गरेको बैज्ञाननिकहरुलाई हतोत्साहन गर्ने गरी गरेको निर्णय फिर्ता लिन आग्रह गरेपनि मन्त्रीले आफूले गरेको निर्णय फिर्ता नलिने भएपछि बैज्ञानिकहरु आक्रोशित बनेका हुन् ।
सोसाईटी अफ एग्रीकल्चरल साइन्टिस्ट्स नेपालले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सो विज्ञप्तिमा भनिएको छ, “कार्यकारी निर्देशकको पदमा कायम मुकायम मुकरर गर्दा परिषदको विगत ३२ वर्षको परम्परा विपरित र सर्वत्र अवलंबन गरिंदै आएको सर्वस्वीकार्य विधि ‘वरिष्ठताको आधार’ को कुनै ख्याल नगर्दा समस्त वैज्ञानिकको मान मर्दन भएको र मनोबल गिरेको छ ।”

यस प्रकारको कार्यबाट नार्कको क्षयीकरणको प्रक्रिया अझ बढेर गएको र यसलाई सास–नेपालले किमार्थ स्वीकार गर्न सक्दैन भन्दै नार्कका अध्यक्ष डा। बेदुराम भुषाललाई निर्णय सुधार्न पनि सो संस्थाले जोडदार रुपमा माग गरेको छ ।

यदि आफ्नो निर्णय सच्याउने काम नगरी वैज्ञानिकहरूको मनोबल थप गिराउने कार्य यथावत् रहेमा परिषद र वैज्ञानिकहरूको गरिमा कायम राख्न सास–नेपाल आन्दोलनको बाटो अख्तियार गर्न बाध्य हुने स्पष्ट पारिएको छ ।
मन्त्री भएर आएदेखि नै भुसालले खासै उपलब्धी मूलक कार्य गर्न सकेका छैनन । लम्पी स्किनको यत्रो महामारीका बेला कृषि अनुसन्धान कार्यरत पशु चिकित्सकहरुलाई महामारी रोक्न खटाउनु पर्नेमा उल्टै आन्दोलनमा जान वाध्य पारिररहेका छन् ।