संसदीय समितिको सभापति चयन गर्न बाटो खुल्यो : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले अब आफूलाई संसदीय समितिको सभापति चयन गर्ने बाटो खुल्ला भएको बताएका छन्।

तीन दलका शीर्ष नेताहरूसँगको छलफलपछि उनले सभापति चयन गर्दा भएसम्म समझदारी नभए निर्वाचनबाट गर्ने बताए।

उनले भने, ‘लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन छ। ज्येष्ठ सदस्यहरूबाट बैठक चलाइराख्नुपर्ने अवस्था छ। त्यो परिस्थितिको अन्त्य गर्नुपर्छ। तपाईँले मलाई चुनाव गर भन्नुहुन्छ भने मिलाउनुहुन्छ कि के गर्नुहुन्छ रु तपाईँहरूले प्रयास गर्नुभएन भने मैले मेरो स्टेप चाल्नुपर्ने हुन्छ भनेँ।’

अब जति सक्दो छिटो टुङ्ग्याउनुपर्छ भन्ने विषयमा शीर्ष तहमा सहमति भएको उनले बताए।