नेपालले आयरल्यान्डविरुद्ध ब्याटिङ गर्ने

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार हुने प्लेअफ चरणको आयरल्यान्डविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्नै भएको छ ।

आयरल्यान्डले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा भइरहेको छ ।

नेपाल र आयरल्यान्डबीचको खेलमा विजयी हुने टोलीले प्रतियोगितामा सातौँ वरीयता प्राप्त गर्नेछ । उक्त खेलमा पराजित हुने टोलीले भने आठौँ वरीयता पाउने छ ।