पशुपतिमा जलहरीमुनि भेटियो ४३ तोला सुन

काठमाडौं । पशुपतिनाथको मन्दिरभित्र गर्भगृहमा स्थापित जलहरीमुनि थप ४३ तोला सुन भेटिएको छ । शुक्रबार बिहान जलहरी राखिएको मुनितिर सफा गर्नेक्रममा सुन फेला परेको हो ।

पशुपति क्षेत्र विकास कोषका निर्देशक डा। घनश्याम खतिवडाले जहलरीमुनिको भागमा सफाइ गर्ने क्रममा सुन र जर्ति भेटिएको बताए। उनका अनुसार सुन खोज्नेक्रम जारी रहेको छ । तर शुक्रबार फेला परेको सुनको परिमाण कति हो भन्नेबारे भने उनले एकिन नभइसकेको बताए । परिमाणबारे बेलुकासम्म जानकारी आउने उनले बताए ।

‘परिमाण एकिन भएको छैन पछि भनौंला । बेलुका सम्म एकिन हुन्छ’ खतिवडाले भने, ‘जर्ति खोजिरहेका छौं । जर्ती धुलो बढारेर निकाल्ने काम भइरहेको छ ।’

यसअघि असार ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिवलिङ्गमा राखिएको सुनको जलहरीको नापतौल र गुणस्तर जाँच गरेको थियो ।

अख्तियारले पशुपति क्षेत्र विकास कोष, पशुपतिनाथका पुजारी, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ, नेपाल प्रहरी, लगायतको रोहवरमा गरेको नापतौलमा जलहरीमा राखिएको करिब १०७ किलो भएको पाइएको थियो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा १ सय ६ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ ।

सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १।३७५ किलोग्रम देखिएको छ । सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ ।

विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२।७५ ग्राम समेत प्रयोग गरेर १०७ केजी ९२४।७५ ग्राम सुन कायम भएको थियो ।

जलहरी राख्दा ११ किलो सुन अनियमितता भएको भन्दै प्रश्न उठिरहेपछि अख्तियारले सुन जोखेर अनुसन्धान गरेको थियो । तर आधा किलो सुन कम निस्किएको बताइएको थियो । यद्दपी अख्तियारले भने सुन नापतौल र गुणस्तरबारे केही जानकारी दिएको छैन ।