भ्रष्टाचारको फाइल खुल्दै गएपछि विपक्षीहरुको टाउको दुखेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चालेपछि विपक्षी दलको टाउको दुखेको टिप्पणी गरेकी छन्।

सरकारकी प्रवक्ता समेत रहेकी शर्माले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले बोलेको बिषयमा संसदमा जवाफ माग्ने होइन। राजीनामा चाहिन्छ भन्नेखालको नियोजित रुपमा माग गरिराख्नुभएको छ। त्यसप्रति सरकार गम्भीर छ प्रधानमन्त्रीले के बोल्नुभएको हो सदनमा स्पष्ट पार्नुहोस् भनेको भए सहज हुन्थ्यो विपक्षीले राजीनामा माग्दैन प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने कहि पनि प्रचलन छैन।’

उनले प्रधानमन्त्रीले आज आफ्नो कुरा राखेर अघि बढ्ने बताइन्। उनले भने, ‘उहाँले आफ्नो कुरा राखेपछि हामी अगाडि बढ्छौं। सरकार गठन भएदेखि नै सुशासन र अन्यायमा परेका मान्छेहरुको पक्षमा र भ्रष्टाचारको विरुद्धमा दृढतापूर्वक उभिएको छ। पछिल्लो समय सरकारले चालेको कदमले कतिपयको टाउनको दुखाइको बिषय बनेको हामीले बुझेका छौं।’

प्रतिपक्ष दलको अवरोधले मिटरब्याजको सम्बन्धी अध्यादेश निष्क्रिय भएको उल्लेख गर्दै पीडितलाई न्याय दिएर छाड्ने बताइन्। उनले आज प्रतिस्थापन विधेयक दर्ता गरेरै छाड्ने सुनाइन्। तर, एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा नआएसम्म सदन अघि नबढ्ने अडानमा छ।