प्रहरीको ३० वर्षे अवधि मेरै कार्यकालमा कुनै पनि हालतमा हटाएरै छोड्छु : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संठगनमा रहेको विद्यमान ३० वर्षे सेवा अवधि आफ्नै कार्यकालमा हटाउने बताएका छन् । आज पत्रकारहरूसँग आफ्नै निवासमा भएको अन्तर्क्रियाका क्रममा गृहमन्त्री श्रेष्ठले यस्तो बताए ।

‘प्रहरीको संगठन सुधारको लागि ३० वर्षे सेवा अवधि बाधक छ भन्ने कुरा धेरै उठ्दै आएको छ । अब त्यो हट्छ । मेरै कार्यकालमा कुनै पनि हालतमा म हटाएरै छोड्छु,’ श्रेष्ठले भने ।

त्यो बाहेक श्रेष्ठले प्रहरीको बढुवामा हुने विकृति रोक्न प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कलाई वैज्ञानिक बनाइने पनि बताए ।

बढुवा हुने चलखेल रोक्न बढुवा समितिले दिने नम्बर हटाउने बारेमा समेत आन्तरिक छलफल भइरहेको श्रेष्ठले बताए ।