ढिला गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो : प्रधानन्यायाधीश कार्की

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ढिला गरी न्याय दिनु भनेको न्याय नदिनु सरह भएको बताएका छन् ।

दाङ जिल्लामा आयोजित एक कार्यक्रमलाई उद्घाटन गर्दै प्रधानन्यायाधीश कार्कीले यस्तो बताएका हुन् । उनले ढिला गरी न्याय दिनु भनेको न्याय नदिनु सरह भएकाले न्याय सम्पादनमा कुनैपनि बहानावाजी नचल्ने बताए ।त्यस्तै प्रधानन्यायाधीश कार्की न्याय सम्पादनमा हुने ढिलाइ क्षम्य नहुने बताएका छन् ।

न्याय सम्पादनमा हुने ढिलासुस्तीलाई कम गर्न फरक मुद्दा व्यवस्थापन प्रणाली लागू गरिएको उनले बताए । कार्कीले मुद्दालाई ३ प्रकृतिमा बाँडेर सरल प्रकृतिका मुद्दालाई ढिलोमा ६ महिनाभित्र, सामान्य प्रकृतिका मुद्दालाई १ वर्षभित्र र जटिल प्रकृतिका मुद्दालाई १८ महिनामा टुङ्ग्याउने गरी काम भैरहेको उल्लेख गरे ।

२०७४ पुसदेखि निर्माण सुरु भएको दाङ जिल्ला अदालतको भवन २०७७ चैतमा सम्पन्न भएको थियो । २५ करोड १९ लाख ८८ हजारको लागतमा निर्माण भएको भवनमा ८७ कोठा र ५ तला रहेको छ ।