कोशी प्रदेशको मुख्यमन्त्री थापा नियुक्तिविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिम्मत कार्कीले मुख्यमन्त्रीमा थापाको नियुक्तविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्। मुख्यमन्त्रीमा थापाको नियुक्ति गर्दा संविधान उल्लंघन भएको दाबीसहित कार्कीले रिट दायर गरेका हुन्।

सरकार गठनका लागि सभामुखलाई प्रयोग गरिएको हुँदा उक्त कार्य संविधानविपरीत रहेको रिटमा जिकिर गरिएको छ। उक्त रिटको पेशी असार २४ गतेका लागि तोकिएको छ।

कोशी प्रदेशसभामा ९३ सांसद छन्। सरकार गठनका लागि ४७ सांसदको आवश्यकता पर्छ। सत्ता गठबन्धनसँग सभामुखबाहेक ४६ जना प्रदेशसभा सदस्य छन्।