गण्डकी सरकारले बहुमतले पारित गर्यो बजेट

काठमाडौ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकले बजेट पारित गरेको हो । चालु आर्थिक वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाखले घटाउँदै सरकारले असार १ गते ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

कुल बजेटमध्ये चालुगततर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८.१ प्रतिशत र पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार अर्थात् ६०.४ प्रतिशत ल्याइएको थियो ।

बैठकमा सांसदले बजेटमाथि छलफलमा भाग लिएका थिए । प्रतिपक्ष सांसदले बजेटको आलोचना गरेका थिए भने सत्तापक्षका सांसदले बचाउ गरेका थिए । सरकारले ल्याएको गण्डकीको आगामी वर्षको बजेटमा आर्थिक वर्ष २०७५र७६ देखिका क्रमागत योजनालाई निरन्तरता दिइएको छ । बजेटमा भौतिक पूर्वाधार मन्त्रालयका ९सडक० योजना ३० लाखभन्दा तल र खानेपानी र सिँचाइमा १० लाखभन्दा साना योजना समेटिएको थिएन ।