एक–दुई बोरा ल्याउने किसानको मल समातिन्छ तर ट्रकका ट्रक मल कसरी पास हुन्छ : सांसद मिश्र

काठमाडौं । राष्ट्रिय सभा सांसद नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् । मङ्गलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद मिश्रले भारतबाट किसानले एक–दुई बोरा मल ल्याउँदा समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्ने कुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष गरे । उहाँले अवैधानिक बाटोबाट मल ल्याउनेहरूलाई कारबाही गर्न आग्रह गरे ।

उनले भने, ‘‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक–दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन्, त्यो पक्रेको मलाई थाहा छैन ।’’