काठमाडौँमा थप एक साता लक डाउन

काठमाडौँ । काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साता निषेधाज्ञा थप भएको छ। बुधवार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

३ भदौ मध्यरातदेखि जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिंदैछ।

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सिफारिस गरेको थियो।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सेवा बन्द रहने छन्।

कोरोना महामारी बढेसँगै स्थानीय प्रशासनले करिब ४० जिल्लामा निषेधाज्ञा लगाएका छन्।