पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी एवं माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाएका थिए ।

पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।

लामो समयदेखि बिरामी रहेकी प्रचण्ड पत्नी दाहालको बिहान ८ बजेर ३३ मिनेटमा ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।