फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ । बुधबारको तुलनामा आज सुन प्रतितोला ८०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ९७ हजार ६०० तोकेको छ। बुधबार ९६ हजार ८०० थियो।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० मा कारोबार भइरहेको छ। यसअघि बुधबार तेजाबी सुन तोलाको ९६ हजार ३०० मा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलाको एक हजार ३४५ तोकिएको छ।