मेयर बालेनले दिए सीता दाहाललाई श्रद्धाञ्जली

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सीताको बुधबार बिहान निधन भएको थियो । उनको आजै अन्त्येष्टि गरिएको छ ।

‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु । सम्माननीय प्रधानमन्त्रीसमेत रहनुभएका तपाईंका पिताले सहयात्री, जीवनसंगी गुमाउनुभएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु,’ बालेनले भनेका छन् ।