प्रधानमन्त्रीपत्नीको निधनपछि स्थगित राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

फाईल तस्बिर

राष्ट्रियसभाको बैठक बस्दैछ । राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर १ मिनेटमा बस्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

यसअघि बुधबार बिहान ११ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रियसभा बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण स्थगित भएको थियो ।

बैठकमा खर्च कटौती सम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी, अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक-२०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत पनि गर्ने कार्यसूची छ ।