प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै छ ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बैठक बस्नेछ । बैठक १ः०० बजे बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ ।

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने कार्यसूची रहेको छ ।