दासढुङ्गामा बस दुर्घटना, १९ जना यात्रु घाइते, धन्न रुखले जोगायो ज्यान

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकको दासढुङ्गानजिकै यात्रुवाहक बस त्रिशूलीमा खस्दा १९ जना यात्रु घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ गई रहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर रुखमा अड्कन पुगेको थियो ।

शुक्रवार बिहान करिब ५ः२० बजे समयमा भएको उक्त घटनामा परी घाइते हुने अधिकांशको उद्धार गरी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बसमा सवार चालक सहित ३२ जना मध्ये १९ जना घाइते भई उपचारको लागि भरतपुरका विभिन्न अस्पतालहरूमा ल्याएको छ ।

भारत सिलगुडी बस्ने वर्ष ६० की कमला सुब्बा: सामान्य, भारत सिलगुडी बस्ने वर्ष ४४ की लक्की सुब्बा, मध्यम, मोरङ हरैचा ३ बस्ने वर्ष २३ को सुसान्त सुब्बा: सामान्य, हरैचा ८ बस्ने वर्ष ३४ की सुनिता लामिछाने: सामान्य, सुनसरी बस्ने वर्ष ४० की सङ्गीता मगर  सामान्य, झापा, मेची नपा ११ बस्ने वर्ष ३२ की सुमिमा राई: मध्यम, भक्तपुर १ बस्ने वर्ष ३० को मिलन तामाङ: सामान्य, ललितपुर गोदावरी ७ बस्ने वर्ष २७ को सुमन लामा: सामान्य, भोजपुर अरुण गापा १ बस्ने वर्ष २९ को नन्द बहादुर पाण्डे: सामान्य, भोजपुर अरुण गापा १ बस्ने वर्ष १९ को लीला बहादुर पाण्डे: सामान्य ।

सहचालक सर्लाही लालबन्दी १० बस्ने वर्ष ३६ को विक्रम मगर: सामान्य कन्डक्टर धादिङ निकण्ठ ७ बस्ने वर्ष ३६ को दिल बहादुर श्रेष्ठ: सामान्य, बसमा सवार सुनसरी, रक्तमाला बस्ने वर्ष २९ की मनिका राई: सामान्य, बसमा सवार मोरङ हरैचा ५ बस्ने वर्ष २५ की कल्पना राई :  सामान्य, मोरङ हरैचा ५ बस्ने वर्ष २५ की सपना राई :  सामान्य, धनकुटा सहिदभुमी ४ बस्ने वर्ष ३८ की विश्वलक्ष्मी राई : सामान्य, निजकै छोरी वर्ष ४ की दिव्या राई : मध्यम, बस चालक मकवानपुर हेटौँडा बस्ने वर्ष ३७ को बादल: सामान्य घाइते, धादिङ रुबीभ्याली बस्ने वर्ष ३२ को दीपक तामाङ : सामान्य घाइते।