आज बढ्यो सेयर बजार

काठमाडौं । आज मंगलबार सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ९.९१ अंकले बढेर नेप्से इन्डेक्स २१५४.०७ विन्दुमा पुगेको हो ।

नेप्से बढेसँगै आज कारोबार रकममा पनि केहि सुधार देखिएको छ । आज ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार माथिको कारोबार भएको हो ।

आज ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कारोबार अब्बल रह्यो ।