काठमाडौं । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल फिर्ता नगरेको सरकारी सवारी र चालकसहित पार्टी बैठकमा पुगेका छन् ।
पोखरेलले आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग. १ झ ६०१ गाडी र सरकारी चालक ६ महिना बितिसक्दा पनि फिर्ता गरेका छैनन् । उनी गत पुस २५ गते पदमुक्त भएका थिए । प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई सवारी र चालक सुविधा दिने व्यवस्था कुनै ऐन-कानूनले गरेको छैन । तर, पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिना बितिसक्दा पनि अनधिकृत रूपमा सवारी र चालक राखेका छन् ।
त्यही गाडी चढेर पूर्वमुख्यमन्त्री पोखरेल काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका छन् ।
उनले मुख्यमन्त्रीको हैसियतमा लगेको गाडी र चालक हालसम्म फिर्ता नगरेको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी विकास थापाले पुष्टि गरे । सवारी चालक पनि मुख्यमन्त्री कार्यालयका कर्मचारी हुन् । मुख्यमन्त्री कार्यालयले नै उनलाई तलब खुवाइरहेको छ ।
Add Comment