कप्तान किरण सन् २०२४ सम्मका लागि पञ्जाब एफसीमा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु सन् २०२४ सम्मका लागि भारतीय क्लब पञ्जाब एफसीमा आबद्ध भएका छन्।

यो सिजदेखि भारतको शीर्ष डिभिजनको लिग इन्डियर सुपर लिग (आइएसएल) खेल्न लागेको पञ्जाबले किरणसँग सम्झौता भएको सार्वजनिक गरेको हो।

यो सिजनको आइएसएल सेप्टेम्बरबाट सुरु भएर मार्च २०२४ सम्म हुनेछ। लिगमा १२ टिमले भाग लिँदैछन्।

किरण गत सिजन पनि पञ्जाबमा थिए। गत सिजन पञ्जाबले आइ-लिग च्याम्पियन हुँदै आइएसएलमा स्थान बनाएको थियो।

किरणले त्यसअघि माजियाबाट माल्दिभ्सको लिग जितेका थिए। जहाँ उनी सिजनको सर्वोत्कृष्ट गोलकिपर घोषित भएका थिए।

किरणले यसअघि उनले २०१८ र २०२० को सिजनमा पञ्जाबबाट आइ-लिग खेलेका थिए।