काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी परिमाणमा सुन बरामद गरिएको छ ।
राजश्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बरामद गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको उच्च अधिकारीले बताए ।
स्रोतका अनुसार चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिएको थियो । सुन ५० देखि ६० केजी रहेको अनुमान छ ।
रेडी प्रालिले ८ वटा कार्टुनमा ल्याएको सय पिसभन्दा बढी पार्टसमा सुन राखेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको हो ।
त्यो कार्गो सामान केही दिनअघि चीनबाट आएको भन्सारले जनाएको छ । भन्सारबाट जाँचपास सकेर लैजान लागेको सुन एक्कासी अपरेसन चलाएर राजश्व अनुसन्धानको टोलीले बरामद गरेसँगै रहस्य बढेको बताइएको छ ।
‘अहिले मुचुल्का तयार हुँदैछ । सुन धेरै भएकाले परिमाण खुलिसकेको छैन । विस्तृत पछि थाहा हुन्छ’, स्रोतले भन्यो ।
Add Comment