एक किलो अवैध सुनमा तस्करले कमाउँछन् यति धेरै नाफा ?

काठमाडौँ । राजश्व अनुसन्धान विभागले अहिलेसम्मकै भारी परिणाममा सुन बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास गरिएको उक्त सुनको परिणाम १०० किलो हाराहारी रहेको पाईएको छ ।

जुनसुकै वस्तुको आयात भन्सार छली गरेर ल्याउँदा आयातकर्तालाई स्वतः नाफा हुने नै भयो । तर, तीमध्ये सुनमा सबैभन्दा धेरै फाइदा हुन्छ । एक किलो सुन भन्सार छलेर ल्याउँदा १२ लाख ३९ हजार रुपैयाँ तस्करको हातमा जाने सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

यस्तै, एक तोला सुन भन्सार छलेर ल्याउँदा १६ हजार रुपैयाँ नाफा हुने तथ्याङ्क छ ।