नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा झिनो अंकको आएको छ।नेप्से १.३१ अंकले घट्दा २१६३.९२ को विन्दुमा कायम भएको छ ।

कम्पनीको आज १४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ।नेप्सेमा सूचीकृत २६४ कम्पनीको ८४ लाख २४ हजार १ सय ८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज पाँच उपसूचक बाहेक अन्य सबै राताम्मे भएको छ ।

आज ट्रेडिङ र उत्पादमूलक क्षेत्रमा उछाल छाएको छ। ट्रेडिङ क्षेत्रको उपसूचक ६.३५ प्रतिशतले बढेको छ भने उत्पादनमूलक क्षेत्रको उपसूचक १.३९ प्रतिशतले बढेको छ।

ताजा अपडेट