भारतले लगायो चामल निर्यातमा प्रतिबन्ध

काठमाडौं । भारत सरकारले चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै बासमती बाहेकका सबै प्रकारका चामल निर्यात गर्न रोक लगाएको हो ।

भारतले विश्वका ५० भन्दा धेरै देशहरुमा चामल निर्यात गरिरहेको थियो । भारतमा धानको उत्पादनमा कमी आउने भएपछि चामल निर्यातमा रोक लगाएको हो । भारतमा नै अब चामलको मूल्य वृद्धि हुन थालेको छ ।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चामलको मूल्यवृद्धि हुने गरेको छ । यसभन्दा पहिले पनि भारतले चामल निर्यातमा रोक लगाउँदा नेपालमा चामलको मूल्य वृद्धि भएको थियो । भारतबाट ठूलो परिणममा नेपालमा चामल आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा ९ अर्ब ८५ करोड मूल्य बराबरको १६ करोड किलो चामल आयात गरेको थियो ।