स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको भारतीय रुपैयाँसहित विराटनगरबाट २ जना पक्राउ परेका छन् ।

भारतबाट नेपाल आउँदै गरेका भारत विहारका ८१ वर्षीय रामनरेश सिंहलाई स्रोत नखुलेको सात लाख ७९ हजार भारतीय रुपैयाँ सहित पक्राउ गरिएको हो ।

विराटनगर भन्सार कार्यालय २ नम्बर ढाटमा सशस्त्र प्रहरीका सहायक निरीक्षक प्रमेश श्रेष्ठको कमाण्डमा रहेको प्रहरी टोलीले ब्रो ०१ पीजी २११५ नम्बरको भारतीय गाडीलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त भारतीय रुपैयाँ फेला परेको हो ।

पक्राउ परेका सिंहको साथबाट दुई थान मोबाइल सेट पनि बरामद गरेको छ ।

प्रहरीले सिंहसँगै सवारी चालक रतिस पासवानलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बराहा बाहिनीका डीआईजी अञ्जनी पोखरेलले थप अनुसन्धानका सवारीसहित दुई जनालाई राजस्व अनुसन्धान इकाई कार्यालय इटहरी बुझाइने जानकारी दिए ।