महिला विश्वकप : स्पेनले कोस्टारिकालाई ३–० गोलले हरायो

काठमाण्डौ । फिफा महिला विश्वकप फुटबल २०२३ मा स्पेनले कोस्टारिकालाई हराएको छ ।

आज शुक्रवार न्युजिल्यान्डको वेलिंगटन रिजनल स्टेडियममा भएको खेलमा स्पेनले कोस्टारिकालाई ३–० गोलले हरायो । स्पेनका लागि भेलेरा डेल केम्पोले २१ औँ मिनेटमा, एटाना बोनमोटीले २३ औँ र इस्टर गोन्जालेजले २७ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ‘सी’ मा रहेको स्पेनले ३ अङ्क जोडेको छ ।

यसअघि आजै भएका खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई हराउँदा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।