घर र सेयर कर्जामा लचक बन्यो राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घर र सेयरमा जाने कर्जामा लचक बनेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पुर्‍याएको छ ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ । तर कति राख्ने भन्ने खुलाएको छैन ।