कोशी प्रदेशको मुद्दामा भोलिका लागि तोकियो पेशी

काठमाडौं । कोशी प्रदेशको मुद्दामा सबै वकिलको बहस सकिए पनि भोलि पनि पेशी तोकिएको छ।

बुधबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस सकिएको हो।

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सबै वकिलले बहस गर्न सकाए पनि बिहीबारका लागि पनि पेशी तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

बहस सके पनि यसमाथि आदेश आउन बाँकी छ। आदेशबारे पनि भोलि बस्ने इजलासले निर्णय गर्नेछ।