श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं । एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा शुक्रबार दोस्रो अभ्यास खेल खेल्दै छ। बिहान १० बजे सुरु हुने खेलमा नेपालले तामिल युनियनसँग प्रतिस्पर्धा गर्नेछ। श्रीलंकाको पि सारा ओभलमा हुने खेलमा नेपाल दोस्रो अभ्यासमा जितको खोजिमा हुने छ।

यसअघि नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको पुरानो घरेलु क्लब टोलीब्लूमफिल्डसँग ६ विकेटले पराजित भएको थियो। तामिल युनियन श्रीलंकाको प्रथम श्रेणीको घरेलु क्रिकेट क्लब हो। श्रीलंकाको घरेलु प्रतियोगिताको अब्बल टोलि मानिने तामिलविरुद्ध नेपाली ब्याटिङ लाइनअपलाई समालिनु पर्ने चुनौती रहेको छ।

पहिलो खेलमा कप्तान सहित केही खेलाडीलाई बेन्चमा राखेको नेपालले दोस्रो खेलमा उनीहरुलाई मौका दिने सम्भावना रहेको छ। पहिलो खेलमा युवा खेलाडीलाई उतारेपनि सोचेजस्तो ब्याटिङ हुन नसकेपछि अर्को परीक्षणको तयारीमा प्रशिक्षक मोन्टी रहेका छन्। पहिलो खेलमा अर्जुन साउदले ७९ रनको उच्च स्कोर बनाए पनि नेपाली इनिङले उच्च स्कोर बनाउन सकेन।

नेपाल एसिया कपमा अहिलेसम्मकै उच्च टिमविरुद्ध प्रदर्शन गर्नु पर्ने भएकाले समानजकन ब्याटिङ र पुरै ५० ओभर खेल्नु पर्ने चुनौती रहेको ‍छ। तर विश्वकप लिग-२ पछि नेपाली इनिङ लय समाप्त सकेको छैन्।