मुद्दैमुद्दाका बिच ट्रम्पलाई फेरि थपियो एक नयाँ मुद्दा

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध थप एक आरोप लागेको छ। बिहीबार उनीविरुद्ध राष्ट्रपति हुँदा गोप्य कागजातसँग सम्बन्धित थप एक मुद्दा दायर भएको हो।

उनीमाथि गोप्य कागजात नियन्त्रणमा लिई फुटेज मेटाएको आरोप लागेको छ। यस मुद्दाको सुनुवाइ अर्को वर्ष मेमा हुने बताइएको छ।

सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प प्रमुख दावेदार हुन्। यस्तो अवस्थामा नयाँ आरोपका कारण उनको कठिनाइ अझ बढ्न सक्छ।

यद्यपि, ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई सिधै अस्वीकार गरेका छन्। उनले राष्ट्रपति जोएए बाइडेन अपराधको घर भएको र आफूविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

यसअघि नै ट्रम्पविरुद्ध गोप्य कागजात नियन्त्रणमा लिएको, सन् २०२० को राष्ट्रपति निर्वाचनमा पदीय दुरुपयोग गरेको तथा पोर्नस्टारलाई पैसा दिएर मौन बस्न बाध्य पारेको लगायतका मुद्दा छन्।