सभामुखबाट राजीनामा दिएका गौतम पनि मन्त्री हुँदै

काठमाडौं । कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीमा उद्धव थापालाई बहुमत पुराउन गौतमले राजीनामा दिएर सहयोग गरेका थिए ।

मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थापासहित ३ जनाले आज पद तथा गोपनियताको शपथ लिदैंछन् ।

मुख्यमन्त्रीपछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागेको स्रोतले जनाएको छ । मन्त्रालयको टुंगो लगाउन गठबन्धन दलको बैठक ११ बजेपछि बस्दैछ ।

मुख्यमन्त्री र मन्त्रीहरुको शपथ आज साझ ५ बजे तोकिएको छ ।