भगवती पाण्डेलाई पक्राउ गर्न दवाव दिँदै तामाङ कलाकारले प्रहरी कार्यालय घेरेपछि…

काठमाडौं । ‍अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न दवाव दिँदै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर टेकुमा बिरोध प्रर्दशन गरेका छन् ।

आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरुले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रर्दशनका क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको आन्दोलनकारीले जनाएका छन् ।

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाइ लिएर नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको हो । पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले पाण्डेको खोजी जारी राखेको छ ।प्रहरी परिसरबाट पत्रकारलाईसमेत हटाउन थालेपछि पत्रकारहरुले क्यामेरा नै डाउन गरेर बिरोध जनाएका छन् ।