कर्मचारीमा कोरोना देखिएपछि आन्तरिक मामिला मन्त्रालयको सेवा बन्द

काठमाडौँ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सेवा बन्द गरेको छ। मन्त्रालयका पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो।

संक्रमितमध्ये आवास र मन्त्रालयको सुरक्षामा खटिएका दुई दुई जना सुरक्षाकर्मी र एक जना सवारी चालक छन् ।

कर्मचारीमा कोरोना देखिएपछि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए।

कानुन मन्त्री नरेश भण्डारी सहितका कर्मचारी भने होम आइसोलेसनमा बसेका छन्।