अर्थमन्त्री खतिवडाले मन्त्री पदबाट राजीनामा दिने

काठमाडौँ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।

राष्ट्रियसभाको एक सिटमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि रोकिएको छ । संसद सदस्य हुने बाटो रोकिएपछि उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । स्रोतका अनुसार खतिवडाले साँझसम्म राजीनामा दिनेछन् ।