रास्वपाका सांसद पराजुलीद्धारा स्वकीय सचिवमा आवेदन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद गणेश पराजुलीले स्वकीय सचिव माग गर्दै आवेदन आव्हान गरेका छन् ।

पराजुलीले एक सूचना जारी गर्दै एक जना स्वकीय सचिव पदमा आवेदन माग गरेका हुन् । आवेदन दिन चाहनेले कानून वा राजनीति शास्त्रमा स्नातक तह पास गरेको हुनपर्ने उल्लेख छ । त्यस्तै देशको समसामयिक राजनीतिक विषयमा जानकार भएको, कानूनी अध्यनन अनुसन्धानमा रुची भएको,विषम परिस्थितीमा पनि काम गर्न सक्ने र नेपाली तथा अंग्रेजी भाषमा राम्रो दख्खल भएका व्यक्तिले आवेदन दिन आग्रह गरिएको छ ।

सांसद पराजुलीका अनुसार आवेदन दिन चाहनेले सुचना प्रकाशित भएको मितिले आफ्नो सम्पूर्ण विवरणसहित ganeshparajulirspnepal@gmail.com मा इमेल पठाउनुपर्नेछ ।