फेरि खुल्यो आईपीओ, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । सन नेपाल लाइफ इन्सुरेन्सले आज (साउन ३२ गते बिहीबार) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो ।

यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरेको हो । तर यसमध्ये १० प्रतिशत (९ लाख ६० हजार कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ ।

५ प्रतिशत ९४ लाख ८० हजार कित्ता० सेयर कर्मचारी र ५ प्रतिशत (४ लाख ८० हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले यसमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई क्यापिटलले गरेको छ ।