सस्तोमा सुन किन्न पाइने चक्करमा काठमाडौँबाटै लुटियो साढे १३ लाख

काठमाडौँ । सस्तोमा सुन बेच्ने सपना देखाएर काठमाडौँको कपनमा एक जनाबाट साढे १३ लाख रुपैया लुटिएको छ।

बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका हुन्। घट्ना बिहीबार साँझको हो। सस्तोमा बेच्ने भन्दै बोलाएर आनीगुम्बा नजिकैबाट लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका हुन्।

लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासहित ५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले जानकारी दिए।

कार्कीका अनुसार सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि रुवेनले निराहाङलाई पैसा लिएर गुम्बानजिक आउन भनेका थिए।

गुम्बानजिक पुग्नासाथ रुवेनको समूहका चारजनाले निराहाङको साथमा रहेको झोला खोसेर भागेको उनले जानकारी दिए।

अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले लुटपाटमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, सिन्धुपाल्चोक जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामालाई पक्राउ गरेको छ।

लुटेको पैसाले मकलवारी बस्ने सो समूहका मेखबहादुरले प्रदेश–३–०२–०१३प ३३८० नम्बरको पल्सर मोटरसाइकल किनेको प्रहरीले जनाएको छ। लुटपाटमा प्रयोग भएको बा २४ प २८६७ नम्बरको पल्सर मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ ।

सो समूहले गोकर्णेश्वर नपा–१ नयाँपाटीस्थित रुपा गुरुङको घरबाट चोरी गरेर लुकाई राखेको ४ लाख ६३ हजारसहित उनीहरुको डेरा कोठाबाट ८ लाख ७ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

लुटपाटमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३२ वर्षीय सुजन बिक फरार रहेको प्रहरीले जनाएको छ। योसँगै विदेशका विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २०० पुगेको छ। स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ।

समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतारलगायत देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ।

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो।

हालसम्म विदेशमा ३४ हजार ९३९ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ३२ हजार ९ ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ। यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो।