बालिका अपहरणमा संलग्न ३ जना पक्राउ

काठमाडौँ । मोरङको पथरीशनिश्चरेबाट १४ वर्षीया बालिकाको अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। अपहरणमा दाइ नाता पर्ने व्यक्तिकै संलग्नता देखिएको प्रहरीले जनाएको छ। बालिका अपहरणमा संलग्न पथरीशनिश्चरे नगरपालिका–८ का २१ वर्षीय सुजन रणपहेलीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने अन्य दुई जनामा पथरीशनिश्चरे–६ का २२ वर्षीय रोमन आचार्य र सुनवर्षी नगरपालिका–६ का ३७ वर्षीय पूर्ण तामाङ छन्।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले अपहरणमा प्रयोग गरिएका को २ च २८८२ र को २ च ३१२१ नम्बरका दुईवटा एम्बुलेन्स पनि नियन्त्रणमा लिइएको जानकारी दिए। आचार्यको २ च २८८२ र तामाङ अर्को एम्बुलेन्सका चालक हुन्। रणपहेली अपहरित बालिकाको नातामादाजु पर्ने व्यक्ति हुन्।

डीएसपी गिरीले रणपहेलीकै मुख्य योजनामा बालिको अपहरण भएको बताए। अपहरणपछि बहिनीलाई आमाले राख्नदिएको दुई लाख रुपैयाँफुत्काउने योजनाउनको रहेको पाइएको गिरीको भनाइ छ।