एकैदिन तीन जनाले गरे आत्महत्या

काठमाडौँ । महोत्तरीमा एकैदिन तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १५ किशोर सहित ६५ वर्षका वृद्धसम्म रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

महोत्तरीको एकडारा गाउँपालिका वडा नं। ४ हल्खोरीका १५ वर्षीय रजनिस कुमार यादवले आफ्नै घरको धुरीमा प्लाष्टिकको डोरीले पासो लगाई आत्महत्या गरेका छन् । त्यस्तै गौशाला नगरपालिका वडा नं। ८ का ३६ वर्षीय मनोज महतो सुडीले घरदेखि १ सय ५० मिटर उत्तर पश्चिम वडा नं. ४ स्थित रहेको पानी ट्याङ्कि नजिक आँपको रुखमा पाईन्टको पासो लगाई आत्महत्या गरेका छन् भने भंगहा नगरपालिका वडा नं. ७ मेघरौलका ६५ वर्षीय गणेशी ठाकुरले समेत आँपको रुखमा धोतीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता विष्टले जानकारी दिए ।

शनिवार आत्महत्या गरेका तीनैजनाको शवको पोष्टमार्टम गरेर शव परिवारजनलाई बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको विष्टले बताए । महोत्तरीमा लकडाउन र निषेधाज्ञा अवधिमा २० जनाभन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन् जसमा एकजना कोरोना संक्रमितले समेत आत्महत्या गरेका थिए ।