आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आइतबार बजारमा छापावाल सुन तोलामा एक सयले घटेर १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा स्थिर रहेको छ ।