४९ औँ दीक्षान्त समारोहमा भाग लिन चाहनेहरूका लागि त्रिविद्धारा आवेदन खुला

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४९ औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिन चाहनेहरूका लागि आवेदन फाराम खुला गरेको छ।

वि.सं. २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पि.एच.डी) तह पूरा गर्नेहरूले दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ।

दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट प्राप्त गर्न सकिन्छ।