दुर्घटनामा परी ९ भारतीय सैनिकको मृत्यु

काठमाडौं । भारतको लद्दाखमा शनिबार भएको एक सवारी दुर्घटनामा परी ९ जना भारतीय सैनिकको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार सैनिकहरू चढेको गाडी शनिबार दिउँसो पौने ५ बजेतिर अनियन्त्रित भएर सडकबाट खोंचमा खसेको थियो।

लेहबाट आएको उक्त सैनिक गाडी न्योमा क्षेत्रमा दुर्घटनामा परेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतक सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।