भ्रष्टाभारविरुद्धको अभियानमा ऐक्यवद्धता सहित नागरिक समाजद्धारा संयुक्त वक्तब्य जारी

काठमाडौं । गठबन्धनको स्वार्थ र सत्तामोहका कारण भ्रष्टाचारविरूद्धको कारवाही फितलो हुने आशङ्का जनमानसमा रहेको दावि गर्दै नागरिक समाजले भ्रष्टाभारविरुद्धको अभियानमा ऐक्यवद्धता सहित संयुक्त वक्तब्य जारी गरेको छ ।

२०४६ सालको प्रथम ऐतिहासिक जनान्दोलनमा ‘पन्चायती व्यवस्थाको अन्त्य र वहुदलीय व्यवस्थाको स्थापना’ को नाराले सम्पूर्ण नेपालीहरूलाई एकजुट बनाएको स्मरण गराउदै त्यही आन्दोलनबाट निरङ्कुश राजतन्त्रको अन्त्य र संबैधानिक राजतन्त्रको स्थापना भएसँगै २०६३ सालको दोश्रो जनआन्दोलनमा ‘सशस्त्र द्वन्द्वको अन्त्य र संबिधान सभाबाट नयाँ संबिधान’ को नारामा त्यस्तै ऐक्यबद्धता संभव हुनुको साथै त्यही आन्दोलनमा राजतन्त्रको अन्त्य भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको उक्त वक्तब्य मार्फत स्मरण गरिएको छ ।

अहिले नेपाली जनताले ‘भ्रस्टाचारको अन्त्य र सामाजिक न्यायको प्रत्याभूति’ खोजेका छन् र त्यसका लागि आन्दोलित हुन तयार छन् । साथै नीतिगत भ्रष्टाचारका चोरबाटाहरू समेत बन्द भएको जनताले देख्न चाहन्छन् । सत्ता संचालन गरिरहेकाहरुले यो संकेत नबुझ्नु स्वयं तिनीहरूकै लागि र देशका लागि दुर्भाग्य हुनेछ । सत्तामा बसेकाहरू एकरूप छैनन् भन्नेमा पनि हामी प्रष्ट छौ ।

जुन शक्तिहरूले यसलाई टूङ्गोमा पु¥याउने प्रतिबद्धतासहित अनेक दबाबहरूबीच काम गरिरहेका छन्, तिनीहरूप्रति जनता आशावादी छन् र प्रशंशा गरेका छन् । जुन शक्तिहरू यसलाई अलमल्याई तुहाउन खोजिरहेका छन्, तिनीहरू पनि जनताको दृष्टिबाट लुकेका छैनन् । त्यसैले भ्रष्टाचारबिरुद्धको लडाईलाई निष्कर्षमा पुरयाउन नेपाली जनता अर्को जनआन्दोलनको सृष्टि गर्न बाध्य हुनु नपरोस् भन्ने पनि यसै व्यक्तव्यमार्फत् सचेत गराउन चाहन्छौ । नागरिक समाजले आफ्नो वक्तब्यमा उल्लेख गरेको छ ।