नेपाली क्रिकेट टिम पाकिस्तान पुग्यो

काठमाडौं । एसिया कप प्रतियोगिताको तयारीका लागि नेपाली क्रिकेट टिम बुधबार पाकिस्तान पुगेको छ । पाकिस्तानको कराँचीमा नेपालले अभ्यास गर्ने छ ।

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा पाकिस्तानसँग ३० अगस्टमा खेल्ने छ । त्यस्तै दोस्रो खेल श्रीलंकाको क्यान्डीमा ४ सेप्टेम्बरमा खेल्ने छ ।

रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टिम पाकिस्तान पुगेको हो । स्पीनर सन्दीप लामिछानेसहित १७ सदस्यीय टिम घोषण भए पनि उनी भने पाकिस्तान गएका छैनन् ।

उनको बलात्कार मुद्दाको छिनोफाने नहुँदा पाकिस्तान नगएका हुन् । उनको सो मुद्दाको पेसी आगामी आइतबारका लागि तोकिएको छ ।