भारतमा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ।

एक प्रहरी अधिकारीका‍ले बुधबार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको जानकारी दिए।

मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो।

मृतकहरू सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ।

मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन।

रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुका साथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ब्र्रिक्स शिखर सम्मेलनका क्रममा घटनाप्रति दुःख व्यक्त गरेका छन्।